चितवन विशेष

समाचार प्रभावः मुग्लिनको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत

Banner

भरतपुर,पुस २८-

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा बिग्रेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ दुई महिनापछि मर्मत गरिएको छ । ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा शिर्षकमा नारायणी अनलाइनमा पुस २३ गते समाचार प्रकाशित भएपछि ‘चार्जिङ स्टेसन’ मर्मत गरिएको हो । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको चार्जिङ स्टेशन लामो समय मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका थिए ।

बिहिबार चार्जिङ स्टेसन मर्मत गरिएको निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले जानकारी दिनुभयो । उहाँले चार्जिङ गर्ने नोजल फेरेपछि सञ्चालनमा आएको बताउनुभयो । धार्के र मुग्लिनको चार्जिङ स्टेशन मर्मत गरेको भन्दै उहाँले बाँकी रहेका चार्जिङ स्टेसन’ क्रमश मर्मत गरिने जानकारी दिनुभयो ।

सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको थियो । नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिएको छ । देशभर रहेका चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको भन्दै छिट्टै मर्मत हुने अधिकारीले बताउनुभयो । उहाँले चार्जर प्रयोग गर्दा सेवाग्राहीले सावधानी नअपनाउँदा समस्या आएको भन्दै सवारीसाधन चार्जका विषयमा उपभोक्तालाई धेरै कुरा जानकारी गराउनुपर्ने बताउनुभयो । चितवनमा केन्द्रीय बस टर्मिनल र मुग्लिनमा नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>