प्रवास

जापानको टोकियोमा जनप्रगतिशिल मञ्चको नवौं अधिवेशन माघ १४ गते हुँदै

Banner

टोकियो, जापान, पुस २८-

जनप्रगतिशिल मञ्च जापानको अधिवेशन जनवरी २८ तारिख अर्थात् माघ १४ गते हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओेवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मञ्च जापानको नवौँ अधिवेशन नजिकिँदै गर्दा चहलपहल सुरु भएको हो ।

मञ्चको अधिवेशन आगामी जनवरी २८ तारिखका दिन टोकियोको मुसासिनो सि सिकाई भन्ने ठाउँमा हुन लागेको मञ्चका अध्यक्ष भवानी पन्तले जानकारी दिए । प्रवासी नेपालीहरूमा आपसी ‘सद्भाव ,भाइचारा र एकताको अभियान, ज्ञान सिप र पूँजीको लगानीसहित समृद्ध नेपालको लागि नवौँ अधिवेशन’ भन्ने मूल नाराका साथ मञ्चको अधिवेशन हुन लागेको अध्यक्ष पन्तले बताए । उनका अनुसार अधिवेशनका लागि माओवादी केन्द्रका केन्द्रीय नेता तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र समितिका सहइन्चार्ज लक्ष्मण पन्तको उपस्थिति रहने जनाइएको छ । अधिवेशनको तयारीका लागि विभिन्न विभागहरू समेत बनाएर नेता कार्यकर्तालाई जिम्मेवारी दिइएको छ । मञ्चले नेपालमा आइपर्ने जुनसुकै विपत्तिको बेलामा पनि सहयोग र सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>