खेलकुद

भरतपुरमा सातौं कञ्चन पुरुष भलिबल प्रतियोगिता सुरु

Banner

भरतपुर पौष २८–

भरतपुरमा कञ्चन पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

कञ्चन समाज विकास परिषद्ले माघे सङ्क्रान्तिको अवसरमा भरतपुर–२१ पार्वतीपुरमा गरेको सो प्रतियोगिताको चितवन–३ का सांसद तथा पूर्वमन्त्री विक्रम पाण्डेले उद्घाटन गरेका हुन् ।

आजबाट सुरु भएको १६ टिम सहभागी भलिबल प्रतियोगिताको फाइनल माघ १ गते हुने भएको छ । कञ्चन समाज विकास परिषद्लाई कञ्चन क्लबको नामले पनि चिनिन्छ । २०५३ सालमा स्थापना भै सामाजिक कार्यमा सक्रिय सस्थाले नियमित रुपमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक राजु पाण्डेले जानकारी दिए ।

क्लबका सदस्य तथा स्थानीयको सहयोग र सहभागितामा उपसमितिहरु गठन गरेर तयारी कार्य गरेको र तयारी सम्पन्न भएको अध्यक्ष प्रेम थापाले बताए । कार्यक्रम सफल पार्न संघ सस्था तथा ब्यक्तिगत दाताहरुले उल्लेख्य रुपमा आर्थिक सहयोग गरेका छन् । पहिलो पुरस्कार राशी ५० हजार, वडा कार्यालयले, दोस्रो पुरस्कार राशी २५ हजार मिरमिरे हाउजिङले तथा सेन्ट्रल कलेजले १५ हजार एकाउन्न प्रायोजन गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>