Breaking News

चितवनमा रेलको बैकल्पिक मार्ग खोज्न मन्त्री ज्वालालाई सांसद पाण्डेको आग्रह,भने-मानव बस्ती उठाएर रेल ल्याउन सम्भब छैन

Banner

भरतपुर,पुस २८-

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा चितवन क्षेत्र नम्वर-३ का सांसद बिक्रम पाण्डेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासंग भेट गरेका छन । शनिवार बिहान भरतपुरमा भएको भेटमा सांसद पाण्डेले चितवनमा प्रस्तावित रेलमार्गको बिकल्प खोज्न अनुरोध गरेका छन । उनले मानव बस्ती उठाएर रेल लैजान सम्भव नरहेको भन्दै बिकल्प खोज्न अनुरोध गरे । उनले भने- रेलमार्ग जनतालाई असर नपर्नेगरी निर्माण गर्नुपर्छ,त्यसका लागि निकुन्ज र नदी तटिय क्षेत्रलाई प्रयोग गर्न सकिन्छ । नागरिकको उठिबास हुनेगरी रेल ल्याउने कुरा चिन्ताको बिषय भएको भन्दै उनले अहिले निर्माण गर्न खोजिएको रेलमार्ग खर्चिलो र नेपालको अर्थतन्त्रले धान्न नसक्ने बताए ।

बिश्वबाट बिस्थापित भएको रेल नेपालमा ल्याउन खोजिएको भन्दै  सांसद पाण्डेले नेपाल जस्तो सानो देशमा यस्तो रेल आवश्यक नरहेको बताए । सो अवसरमा मन्त्री ज्वालाले सबै पक्षसंगको छलफलपछि मात्र रेलमार्गको टुंगो लगाउने जानकारी दिए । उनले जनप्रतिनिधि र नागरिकको इच्छा विपरित रेलमार्ग निर्माण नगरिने बताए ।

सरकारले घनावस्तीको बीचबाट रेलमार्ग बनाउन लागेको भन्दै भरतपुरबासीहरु चरणबद्ध आन्दोलनमा छन । पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत निजगढ–हेटौंडा–भरतपुर खण्डका लागि राप्ती नगरपालिकाको १, २, ३ र ६, खैरहनी नगरपालिकाको ५, ७ र १०, रत्ननगर नगरपालिकाको ४, ५ र ९ र भरतपुर महानगरको ८, ७, ५, ४ र १६ नम्बर वडाभित्र रेलमार्ग बनाउने प्रस्ताब गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>