Breaking News

कांग्रेस चितवनले भन्यो: चितवन खण्डमा पर्ने प्रस्तावित रेल मार्ग मान्दैनौ, विकल्प खोज

Banner

चितवन, पुस २६-

नेपाली कांग्रेस चितवनले चितवनका विभिन्न स्थानीय तह हुँदै जाने प्रस्तावित रेल मार्गप्रति आपत्ति जनाउँदै वैकल्पिक मार्ग चयन गर्न माग गरेको छ ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालको हस्ताक्षरमा आज प्रेषित विज्ञप्तिमा विकासको नाममा शहरी क्षेत्रको बीचबाट मानव बस्तीलाई नै असर गर्ने गरी रेलमार्गको रेखांकन गरिनु अवैज्ञानिक, असान्दर्भिक र जनताको हितविपरीत हुने भन्दै मार्गको विरोध गरेको हो । पूर्वपश्चिम रेलमा मार्ग चितवनको राप्ती नगरपालिकाको १, २, ३ र ६, खैरहनी नगरपालिकाको ५, ७ र १०, रत्ननगर नगरपालिकाको ४, ५ र ९ त्यस्तै भरतपुरको ८, ७, ५, ४ र १६ नम्बर वडा हुँदै जाने गरी रेल मार्ग प्रस्तावित गरिएको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेस चितवनले रेल मार्गको भत्र्सना गरेको छ । स्थानीय सरोकारवालाहरुसँग छलफल, परामर्श र समन्वय नगरी प्रस्ताव गरिएको रेल मार्ग रेखाङ्कन कार्यलाई पुर्नविचार गरी वैकल्पिक मार्ग चयन गर्दा नै द्रुत रेलमार्गको अवधारणा सार्थक र सर्वपक्षीय हितमा हुने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘ नेपाली कांग्रेस विकासको पक्षमा सदैव अग्रपंक्तिमा रहँदै आएको छ तर विकासको नाममा सर्वसाधारणको धनजनको क्षति हुने र जनतालाई दुःख दिने कार्यको किमार्थ समर्थन गर्न सकिँदैन ।

मध्यभागमा अवस्थित भरतपुर विमानस्थलका कारणले वरिपरिको घना बस्तीमा परेको समस्या यथावत रहेको अवस्थामा पुनः शहरको घनाबस्ती बीचबाट रेलमार्गको रेखाङ्कन गरिनुले स्थानीय बासिन्दामा कोलाहलपूर्ण परिस्थिति निर्माण गरेको छ । ’ कांग्रेसले मानव बस्तीको न्यूनतम क्षति हुने नदी र जंगलको तटीय क्षेत्रबाट वैकल्पिक रेलमार्गको रेखांकन गर्न र रेलमार्गको लागि अधिग्रहण गरिने जग्गाको चलनचल्तीको मूल्य भुक्तानीको ग्यारेन्टी गरी स्थानीय सरोकारवालाहरुसँग छलफल गरी सिर्जित समस्याको समाधान गर्न सम्बन्धित निकायको कांग्रेस चितवनले ध्यानाकर्षण गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>