राजनीति

बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र लेख्दा रेसपोन्स राम्रो आयोः आरजु

Banner

काठमाडौँ, पुस २६-

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र लेखेको बताएकी छिन् । बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र लेखेको र सहयोगमा बाँदर व्यवस्थापनको लागि १० जना भेटनरी डाक्टरलाई मास्टर तालिम दिने तयारी रहेको उनले बताइन् ।

उनले भनिन्, ‘कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी हो । सरकारको कृषिमा ५ प्रतिशत बजेट हुनुपर्छ भनेर समितिबाट प्रयास गर्छौं । बाँझो जमिनको विषयमा के गर्न सकिन्छ भनेर गाँजामा अनुसन्धान गर्नेहरूले प्रस्ताव गरिरहेका छन् । समितिमा त्यसको लागि समय दिन्छौं । किसानहरुको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदुतलाई पत्र लेखेको थिएँ । उहाँले रेसपोन्स गर्नुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>