देश/प्रदेश

लाइसेन्सको लागि प्रयोग हुने ६ लाख कार्ड आज नेपाल आइपुग्दै

Banner

काठमाडौं, पुस २६-

चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) छपाइको लागि प्रयोग हुने कार्ड आज आउँदै छ । करिब ८ महिनादेखि सकिएको लाइसेन्सको छपाइ कार्ड आज आउने तायारीमा रहेको हो ।

कार्ड आइपुगेसँगै विभागले दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने गरी तयारी गरिरहेको छ। त्यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले लाइसेन्स छपाइको लागि प्रयोग हुने यस्तो कार्ड आज (बिहीबार) नेपाल आइपुग्दैछ र आगामी माघको पहिलो सातादेखि भने लाइसेन्स छपाइको काम पुनः सुरू हुन्छ ।

‘कार्ड सकिएर करिब ८ महिनादेखि छपाइ रोकिएको थियो। आज कार्ड आइपुग्छ। एक साताको परीक्षणपछि माघको पहिलो सातादेखि लाइसेन्स छाप्न थाल्छौं, उनले भने।’ पहिलो चरणमा कम्पनीले ६ लाख कार्ड हवाई कार्गो गरेर पठाएको छ। बाँकी ६ लाख दोस्रो चरणमा ४५ दिनपछि नेपाल आइपुग्ने महानिर्देशक रिजालले बताए। कम्पनीले १४ लाख ९८ हजार ८० डलरमा १२ लाख कार्ड छाप्ने ठेक्का पाएको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area