अन्तर्राष्ट्रिय

यात्रुले क्याबिनको ढोका खोलेर हाम फालेपछि…

०
Banner

काठमाडौँ, पुस २६-

एयर क्यानडाको विमानमा सवार एक यात्रुले विमानबाट हाम फालेका छन्।

टोरन्टो अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान दुबैका लागि उड्ने तयारीमा रहेको थियो । सोही क्रममा उडान भर्दा विमानमा चढेका ती यात्रु आफ्नो सिटमा बस्नुको सट्टा केबिनको ढोका खोलेर हाम फालेका थिए।

उनी २० फिटको उचाइबाट हाम फालेका थिए। उक्त दुर्घटनामा उनी सामान्य घाइते भएका छन्। दुर्घटनास्थलमा क्षेत्रीय प्रहरी र आपतकालीन सेवालाई बोलाइएको थियो।

एयर क्यानडाको वेबसाइटका अनुसार उक्त घटनाले बोइङ ७४७ को टेकअफमा ६ घण्टा ढिलाइ भएको थियो। यो दुर्घटनाको केही दिनअघि एयर क्यानडाको विमानमा १६ वर्षीय यात्रुले एक परिवारमाथि आक्रमण गरेका थिए। यो घटनाका कारण अन्य यात्रुले तीन घण्टा कुर्नुपरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>