अन्तर्राष्ट्रिय
भुटानी प्रधानमन्त्री छिरिङ बनेपछि मोदीले दिए बधाई
०

भुटान, पुस २६-
भुटानको प्रधानमन्त्री छिरिङ तोग्बे हुने भएका छन् । तोग्बे नेतृत्वको जन लोकतान्त्रिक पार्टीले बहुमत ल्याएको भुटानको निर्वाचन आयोगले बुधवार सार्वजनिक गरेको हो ।
डेढ दशकबाट मात्र सुरु भएको संसदीय अभ्यास गर्ने भुटानको कुल ४७ सदस्य सदनमा तोग्बेको दलले एकल ३० सिट ल्याएपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो । बाँकी सिट बीटीपी नामक दलले पाएको छ ।
अलजजिराका अनुसार मङ्गलबार भएको चुनावमा ६५।६ प्रतिशत मत खसेको थियो। सन २०१३ देखी २०१८ सम्म प्रधानमन्त्री भएका तोग्बे ५८ बर्स पुगेका छन् ।
चुनावी नतिजा सार्वजनिक भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोग्बेको पार्टी र तोग्बेलाई बधाई सामाजिक सञ्जालमा दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























