समाचार

बम्जन जीले पैसा कहाँ राख्या रैछन ? दराजमा कि बाकसमा ?

०
Banner

काठमाडौं,पुस २६-

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले रामबहादुर बम्जनबाट बरामद भएको पैसामाथि व्यङ्ग गर्दै ध्यान गर्नको लागी आफू अर्को रुख रोप्न हिडेको बताएका छन्। तपस्वीको घरमा धनको रास देखेपछि साम्पाङले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्। लिटिल बुद्ध भनेर समेत चिनिने बम्जनलाई ३ करोड रुपैयाँभन्दा बढी स्वदेशी तथा विदेशी मुद्रासहित सिआइवीको टोलीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको थियो।

‘बम्जन जीले पैसा कहाँ राख्या रैछन ? दराजमा कि बाकसमा ? झोलामा कि सुटकेसमा ? कि बोरामा ? हजारको कति वटा पाँच सयको कति ?,’ उनले व्यङग्य गरेका छन्, ‘देखाउँदा चाहिँ टेबलमा मिलाएर राखेर देखाइयो ! अब त्यो पैसा के हुन्छ ? सुनको खटिया बनाउँदै छ कि अस्ति अस्ति को ? कि के हो ?।’

पैसाको बारेमा टिप्पणी गरेका साम्पाङले अन्त्यमा ध्यानको प्रसंग पनि उठाए। ‘कुदेँ म त बिरुवामा पानी हाल्नु !,’ घुमाउरो पारामा साम्पाङले लेखेका छन्, ‘अरूले पनि पछि ध्यान गरून् भनेर मैले रुख रोपिदिनु परेन ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>