पत्रपत्रिका

पशुपति क्षेत्रको ‘कोर एरिया’ नै भाडामा !

०
Banner

काठमाडौं, पुस २६-

पशुपति क्षेत्रको बागमतीपारि हुने गंगा आरतीको प्रत्यक्ष प्रसारण गर्न दिने नाममा पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटल प्रालिलाई पशुपति क्षेत्रको मुख्य क्षेत्र (कोर एरिया) नै भाडा (लिज)मा दिएको पाइएको छ।

विकास कोषले २०८० भदौ ११ गते बुढा सुब्बा प्रालिसँग गरिएको सम्झौतामा बुढा सुब्बालाई पशुपति मन्दिरको मुख्य क्षेत्र रुद्रगाडेश्वर क्षेत्रमा दीप प्रज्ज्वलन गर्न सामग्री उपलब्ध गराउने तथा विकास कोषको लोगो समेत प्रयोग गर्न पाउने अधिकार दिइएको छ। यो सम्झौताअनुसार बुढा सुब्बाले अब दीप प्रज्ज्वलनका लागि सामान उपलब्ध गराउने नाममा मुख्य क्षेत्रमै आरतीनजिकै पसल राख्न पाउनेछ।

२०८० भदौ ११ गते पशुपति क्षेत्र विकास कोषका निमित्त उपनिर्देशक रेवतीरमण अधिकारी र बुढा सुब्बाका कार्यकारी प्रमुख नवराज गिरीले हस्ताक्षर गरी २४ बुँदामा सम्झौता गरेको खुलासा भएको छ।

उक्त सम्झौतालाई दुवै पक्षले गोप्य राखेका छन्। सम्झौताअनुसार बुढा सुब्बाले विकास कोषलाई प्रत्येक महिना एक लाख ६० हजार रूपैयाँ बुझाउनुपर्ने र प्रत्येक वर्ष १० प्रतिशत भाडा बढ्ने सहमति गरिएको छ। सम्झौताअनुसार प्रत्येक महिना एक लाख ६० हजार रूपैयाँ कोषलाई बुझाएर बुढासुब्बाले करोडौंको व्यापार गर्न खोजेको देखिन्छ।

विकास कोष र बुढा सुब्बाबीच भएको सम्झौतामा विकास कोषले बुढा सुब्बालाई आरतीको भिडियो खिच्ने अधिकार मात्र दिएको छैन, यसबाहेक थुप्रै सुविधा दिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>