इच्छकामना

सुन्तला बगैचाको माटो परीक्षण

Banner

भरतपुर,पुस २६-

चितवनको इच्छाकामना गाउँपालिकामा रहेका सुन्तला बगैचाको माटो परीक्षण गरिएको छ । वडाका विभिन्न ठाउँबाट तीन सय नमुना संकलन गरेर माटो परीक्षण गरिएको हो । पालिकाका प्राविधिकहरु एक सातासम्म किसानका खेतबारीमा पुगेर माटो संकलन गरेका थिए ।

बागमती प्रदेशको मल तथा माटो प्रयोगशालाको मोबाइल प्रयोगशाला भ्यान ल्याएर संकलन भएका नमुनाको परीक्षण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख आशिष त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार माटोको अम्लियपना, नाइट्रोजन, फस्फोरस र पोटासियमको मात्रा परीक्षण गरिएको थियो । यस्तै संकलित नमुनाको अर्गानिक कार्वनको मात्रा समेत परीषण गरिएको त्रिपाठीले जानकारी दिनुभयो ।

‘केही ठाउँको माटोमा अम्लियपना देखियो,उहाँले भन्नुभयो,माटोको अम्लियपना घटाउन गाउँपालिकाले चुन वितरण गर्नेछ ।’ चुनले अम्लियपना घटाउने उहाँको भनाई छ । सुन्तला बगैचासंगै अन्य केही ठाउँको पनि माटो परिक्षण गरिएको त्रिपाठीले जानकारी दिनुभयो ।

सुन्तलाको बगैचामा माटोमा देखिएको समस्याका विषयमा किसानलाई जानकारी गराएको भन्दै उहाँले प्राविधिक र अन्य सहयोग गाउँपालिकाले गर्ने बताउनुभयो । सुन्तलाको बोटको दुरी कायम गर्न,बोट काँटछाट गर्न र मलजलमा ध्यान दिन किसानलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

पालिकाले तीन दिनसम्म माटो परीक्षण शिविर राखेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले विभिन्न कारणले तामिनको सुन्तला नष्ट भएको भन्दै अन्य ठाउँको सुन्तलामा त्यो अवस्था नआवस भनेर गाउँपालिका सजग बनेको बताउनुभयो । उहाँले काठमाडौबाट समेत विज्ञहरुको टोली ल्याएर यहाँको कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि काम गरिरहेको जानकारी दिनुभयो । यसबर्ष सुन्तलाको नर्सरी स्थापना र विस्तारमा पालिकाले जोड दिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>