समाचार
सन्दीपलाई जेल सजाएपछि सांसद पाठकको असन्तुष्टि
०

पोखरा, पुस २५-
क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद र ३ लाख जरिवाना सुनाएको छ । किशोरी बलात्कार आरोप लागेका उनलाई बुधवार सजाय सुनाइएको हो ।
उनलाई सजायको फैसलापछि गण्डकी प्रदेशका एक सांसदले विदेशीको इशारामा फसाइएको आरोप लगाएका छन् । बागलुङका सांसद कृष्ण पाठकले उनलाई अरूले नै फसाएको तर्क गरेका हुन् ।
‘एउटा होनहार क्रिकेटरलाई विदेशीहरूको इसारामा बली चढाइयो’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन् । उनको स्ट्याटसमा कसैले समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन् । पाठक एमालेको समानुपातिक सूचीबाट सांसद बनेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























