चितवन विशेष

रत्ननगर महोत्सवको टिकट काट्दा चितवन मेडिकल कलेजमा १५ प्रतिशत छुट

०
Banner

चितवन, पुस २५–

रत्ननगर महोत्सव अवलोकनकर्ताहरुले चितवन मेडिकल कलेज (सिएमसी)मा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने भएका छन् ।

उद्योग वाणिज्य संघ रत्ननगर र चितवन मेडिकल कलेजबीच टिकट काटेर महोत्सव अवलोकन गर्नेलाई १५ प्रतिशत छुट दिने समझादारी भएको हो ।

‘महोत्सवको टिकट लिएर उपचार गराउन आउँदा १५ प्रतिशत छुटको व्यवस्था गरेका छौं, यसले जो कोहीलाई पनि अस्पतालमा छुटसहितको उपचार पाउन सहज हुनेछ’–सिएमसीका सूचना अधिकारी पारस अधिकारीले भने ।

उनका अनुसार महोत्सवको टिकटको मान्यता एक महिनासम्मको रहने छ । अस्पतालमा सामान्य उपचारदेखि शल्यक्रिया गराउँदा पनि यो छुट पाउने अधिकारीले बताए । पछिल्लो समय चितवन मेडिकल कलेजमा सामान्य उपचारदेखि क्यान्सर रोगको समेत उपचार हुँदै आइरहेको छ । रत्ननगर महोत्सव पुस २६ (भोलि)देखि माघ ८ गतेसम्म टिकौली चौरमा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>