देश/प्रदेश

जगद्गुरू महायोगी सिद्धबाबालाई श्रीराम मन्दिर ट्रष्ट अयोध्याको विशेष निमन्त्रणा

Banner

चितवन, पु्स २५-

नेपालको वराहक्षेत्र चतरा धामका पीठाधीस रामकृष्णाचार्य महायोगी सिद्धबाबालाई भारतको श्रीराम जन्मभूमी अयोध्यामा हुने भगवान श्रीरामको बाल स्वरूपको नूतन श्रीविग्रहको प्राण प्रतिष्ठा समारोहमा निमन्त्रणा गरिएको छ ।

आगामी माघ ८ गते तदनुसार सन् २२ जनवरी मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत संसारका अति विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने सो समारोहमा उनलाई निमन्त्रणा गरिएको हो ।

श्रीराम मन्दिर ट्रष्टको निमन्त्रणा बाड्ने जिम्मेवारी वहन गरेको हिन्दू स्वयंसेवक संघ, नेपालका विशिष्ट पदाधिकारीहरूले बुधबार वराहक्षेत्र चतराधाम स्थित पीठमानै पुगेर जगद्गुरू महायोगी सिद्धबाबालाई अयोध्याबाट आएको निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन् । हिन्दू स्वयंसेवक संघ नेपालका केन्द्रीय सहसचिव महेन्द्र प्रसाद शाह एवम् संघका विराटनगर शाखाका मुख्य प्रचारक मुकेश शाहलगायतका विशिष्ट टोलीद्वारा उक्त विशेष निमन्त्रणा पत्र सिद्धबाबालाई दिएका थिए ।

को हुन् सिद्धबाबा ?

हिमालय क्षेत्रदेखि मरूभूमीय प्रदेशसम्मका भौगोलिक कठिनाइ र वातावरणीय प्रतिकूलतामा पनि अविचलित रही तपस्यारत रहेर झण्डै ४०० वर्षदेखि विकीर्ण अवस्थामा रहेको सुरत शब्दयोग अर्थात् हिमालयन सिद्धमहायोगलाई आफ्ना गुरूजनहरूको कृपा र आफ्नो तपोबलबाट साङ्गोपाङ्ग रूपमा प्राप्त गर्नु भएका परमपूज्य जगद्गुरू महायोगी सिद्धबाबा स्पर्श, दृष्टि, मन्त्र वा संकल्प मात्रले पनि हरेक मनुष्यमा रहेको त्यो दिव्य कुण्डलिनी शक्ति जागृत गराउन सक्ने एक समाधिसिद्ध महापुरूष हुन् ।
नेपालको धर्म संस्कृतिको जगेर्ना गर्दै महायोग साधना मार्फत् भगवान्नाम विस्तार र वैदिक सनातन संस्कार संस्कृतिको निर्माण गरी असंख्य जीवहरुको कल्याण गर्ने अभियानका जगद्गुरू महायोगी सिद्धबाबा उदियमान तारा रहेको बताइएको छ । उनको ज्ञानको पूर्ण उपयोग गर्दा नेपालको सम्बृद्धिका सम्पूर्ण ढोकाहरू समेत खुल्ने विश्वास लिइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>