देश/प्रदेश

घुम्नैपर्ने विश्वका ५२ गन्तव्यको सूचीमा मुस्ताङ

Banner

काठमाडौं, पुस २५-

‘द न्यूयोर्क टाइम्स’ले सन् २०२४ मा घुम्नै पर्ने विश्वका विभिन्न देशहरूको सूचीमा नेपाललाई पनि समावेश गरेको छ। न्यूयोर्क टाइम्सले २०२४ को लागि ५२ देशका विभिन्न स्थानको सूची बनाएको छ, जसमा नेपाल ३७ औं स्थानमा छ। सूचीमा नेपालको मुस्ताङलाई समावेश गरिएको छ।

नेपालको उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यको रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणता र तिब्बती संस्कृतिलाई बचाएर राखेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

न्यूयोर्क टाइम्सले हाल चीनबाट यो क्षेत्र जोड्ने करिब २९० किलोमिटर सडक वा चीनकै ऋण सहयोगमा बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर यो क्षेत्र पुग्न सकिने बताएको छ। सन् १९९० सम्म पर्यटकहरूलाई प्रतिबन्ध लगाइएको मध्यकालिन किला लोमानथाङसम्म पर्यटनको आगमन सहज भएको छ।

यो क्षेत्रमा अन्नपूर्ण, धौलागिरी हिमाल श्रृखंला नियाल्दै खोलाखोल्चा, हिम नदीको अवलोकन गर्न पाइने समेत उल्लेख गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area