देश/प्रदेश

अवैध रुपमा सञ्चालनमा भएका इरिक्सा एक्स्काभेटरले नष्ट गरियो

Banner

नेपालगञ्ज, पुस २५-

नेपालगञ्ज कागजपत्र नभएका र अवैध रुपमा सञ्चालनमा भएका इरिक्सा नष्ट गरिएको छ । रिक्सा खरिद गरेको कागजपत्र नभएका र नगरपालिका लगायत स्थानीय तहमा दर्ता समेत नगरी सञ्चालनमा गरिएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले ५ वटा इरिक्सालाई एक्स्काभेटर लगाएर नष्ट गरेको हो ।

नगरपालिकाले अवैध इरिक्सालाई नियन्त्रणमा लिइ त्यसमा लाग्ने ब्याट्री फिर्ता गरेर प्रहरी प्रशासनको रोबहरमा नष्ट गरेको छ । नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीले चेक गर्ने क्रममा कागजपत्र र दर्ता समेत नभएका सयौं इरिक्सा फेला परेका थिए ।

त्यस्ता इरिक्सालाई नियन्त्रणमा लिएर कागजपत्र लिएर आउन पटक पटक आग्रह गर्दा पनि महिनौंसम्म कागजपत्र पेश नभएका इरिक्सालाई फेरि चल्न नसक्ने गरी स्क्रयाच गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area