देश/प्रदेश

बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ बाख्रा मरे

Banner

रूपन्देही, पुस २५-

बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ मरेका छन्। बाँकेको खजुरामा रहेको कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको हो । गयराती विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा इकाईमा रहेका मध्ये ६२ वटा बाख्रा मरेका हुन् ।

बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा रहेकामध्ये २८ वटा ठूला र ३४ वटा पाठापाठी मरेको बाँके प्रहरीले जनाएको छ । २१ वटा बाख्रालाई उद्धार गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area