अन्तर्राष्ट्रिय

१६ हजार फिट माथिबाट आइफोन खसेपछि…

०
Banner

काठमाडौँ, पुस २५-

आइफोन बलियो छ भनेर आइफोन निर्माता कम्पनी एप्पलले बारम्बार भन्दै आएको छ । हरेक पटक नयाँ आइफोन आएपछि यसको मजबुती र टिकाउपन परीक्षण गर्न युट्युबवरले आकाशमा ड्रोनबाट आइफोन खसाल्ने गरेका छन् । अन्य फोनको तुलनामा आइफोनलाई बलियो नै मानिन्छ । रियल लाइफ टेस्टमा पनि आइफोन बलियो साबित भएको छ ।

सिन बेट्स नाम गरेका एक व्यक्तिले सामाजिक सञ्जालमा आइफोनको एउटा तस्बिर शेयर गरेका छन् । बेट्सका अनुसार फोन अलस्का एयरलाइन्सको फ्लाइट १२८२ बाट तल खसेको थियो । जनवरी ५ मा आकाशमा १६ हजार फिटको उचाइमा विमान उडिरहेको बेलामा उक्त फ्लाइटको ढोका उडेर विमानको आकस्मिक अवतरण गराइएको थियो । यो फोन बेट्सले पोर्टल्यान्डमा हाइवे नम्बर २१७ मा बार्नेस रोडको नजिक भेटेका थिए । १६ हजार फिटबाट खसेर पनि फोनलाई केही भएन ।

फोनबारे नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डलाई जानकारी दिन उनले फोन गरेपछि अर्को फोन पनि जहाजबाट खसेको थाहा भयो । फोनको स्क्रिनमा ब्यागेज क्लेमको म्यासेज थियो । यो दाबी अलस्का एयरलाइन्सको सोही फ्लाइटको थियो, जसको ढोका फुटेको थियो । फोनको मालिक भेटिएको छैन । बेट्सले आफूले पाएको फोनबारे सामाजिक सञ्जालमा एउटा भिडियो पनि हालेका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>