अन्तर्राष्ट्रिय

भारतको उत्तर प्रदेशमा निसास्सिएर पाँच बालबालिकाको मृत्यु

०
Banner

अमरोहा, पुस २५-

भारतको उत्तर प्रदेशमा निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको छ । अमरोहा जिल्लाको एउटा गाउँमा गएराति निसास्सिएर उनीहरूको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

मृत्यु हुनेमा दुई बालक र तीन बालिका रहेका छन्। समाचारमा जनाइएअनुसार कोठामा कोइला बालिएको थियो । एउटै कोठामा सात जना सुतिरहेका थिए। कोठामा अक्सिजनको अभाव भएर उनीहरूको मृत्यु भएको अनुमान छ । दुई जनालाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>