समाचार

१६ जना डीआईजीहरुको सरुवा, बागमती प्रदेशमा आए विष्णु कुमार केसी

०
Banner

काठमाडौं, पुस २५-

गृह मन्त्रालयले १६ जना डीआईजीहरुको सरुवा गरेको छ । ७ वटै प्रदेशका डीआईजी परिवर्तन भएका छन् ।

कोशी प्रदेशमा चन्द्र कुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमती प्रदेशमा विष्णु कुमार केसी र गण्डकीमा विकाश राज खनाललाई सरुवा गरिएको छ । कुवेर कडायतलाई लुम्बिनी, लालमणी आचार्यलाई कर्णाली र रवीन्द्र केसीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

डीआईजीहरु सुरेन्द्र मैनाली नेपाल प्रहरी शिक्षालय भरतपुर, बुद्धिराज गुरुङ अख्तियार, बागमती प्रदेश प्रहरी प्रमुख किरण राणा सीआईबी र राजेश बास्तोला प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>