चितवन विशेष

पशुपन्छी औषधि व्यवसायी संघको राष्ट्रिय महाधिवेशन चितवनमा सुरु

Banner

भरतपुर,पुस २४-

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औँ राष्ट्रिय महाधिवेशन तथा ३३औँ वार्षिक साधारण सभा चितवनमा मंगलबारदेखि सुरु भएको छ । बुधवारसम्म चल्ने महाधिवेशनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै दाहालले कृषि क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।

देशको मेरुदण्ड नै कृषि भएको भन्दै उहाँले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रमुखको हैसियतले सहजीकरण गर्ने बताउनुभयो । पशुपन्छी सम्बन्धि औषधी व्यवसाय दर्ता तथा नवीकरणका लागि परेको नीतिगत समस्या समाधानको लागि पनि सहजीकरण गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

औषधी व्यवस्था विभागको महानिर्देशक नारायण प्रसाद ढकालले व्यवसायीको लागि समयमा तालिम आयोजना गर्न नसक्नु आफुहरुको कमजोरी भएको स्वीकार गर्दै झुटा विवरण दिएर लाइसेन्स लिनेहरुको लाइसेन्स नवीकरण नहुने स्पष्ट पार्नुभयो । व्यवसायीले एन्टिवायोटिक प्रयोग नगरेको दाबी गर्दै आएपछि किसानसम्म एन्टिवायोटिक पुगिरहेको उहाँले बताउनुभयो ।

नेपाल पशुपंक्षी औषधी पैठारी कर्ता संघको अध्यक्ष रेवती रमण निरौलाले पशुपंक्षी व्यवसायीलाई हरेक दुई वर्षमा पुर्नताजगी कोर्षको तालिम दिनुपर्ने बताउनुभयो ।
महाधिवेशनमा भोलि बन्दसत्र हुँदैछ । महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक महिला सदस्य, चार खुल्ला सदस्य, सातै प्रदेशबाट एक÷एक जना सदस्य, मनोनीत एक जना सदस्य र निवर्तमान अध्यक्ष पदेन रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति दुईवर्षे कार्यकालका लागि निर्वाचित हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>