देश/प्रदेश
दोस्रो युद्धविराममा विपिनको राहाईका लागि ठोस् पहल गर्ने आश्वासन कतार सरकारले दिएको छः मन्त्री साउद

कञ्चनपुर, पुस २४-
परराष्ट्रमन्त्री एनपी साउदले विपिन जोशीको रिहाइका लागि दोस्रो युद्धविराममा ठोस् पहल गर्ने आश्वासन कतार सरकारले दिएको बताएका छन् ।
परराष्ट्रमन्त्री साउदले कञ्चनपुर पुगेर हमास इजरायल युद्धमा वेपत्ता पारिएका कञ्चनपुरका जोशीको रिहाईका लागि दोस्रो युद्धविराममा ठोस् पहल गर्ने आश्वासन कतार सरकारले दिएको बताएका हुन् ।
‘विपिन जोशीको रिहाईका लागि निरन्तर कतार सरकारसँग कुरा भइरहेको छ’, मन्त्री साउदले भने, ‘दोस्रो युद्धविरामका लागि गृहकार्य भइरहेको छ । दोस्रो युद्धविराममा विपिनको राहाईका लागि ठोस् पहल गर्ने आश्वासन कतार सरकारले दिएको छ ।’
हमासले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति गरेको थियो । तर त्योभन्दा बढी संख्यामा रिहाई गरे पनि विपिन रिहाई भएका थिएनन् ।



























