कृषि

कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक छः मेयर रेनु दाहाल

Banner

चितवन, पुस २४-

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताएकी छन् ।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ औँ राष्ट्रिय महाधिवेशको भरतपुरमा उद्घाटन गर्दै उनले देशको मेरुदण्ड कृषि भएकाले यसको विकासमा सबैको हातेमालो आवश्यक रहेको बिचार राखिन् ।

मेयर दाहालले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रमुखको हैसियतले आवश्यक मागलाई पूरा गर्ने र सहजीकरण गर्ने बताइन् । ‘कोभिडपछि कृषि क्षेत्रमा पनि असर परेको छ’, उनले भनिन्,‘ कृषि क्षेत्र अहिले थिलोथिलो अवस्थामा छ । यही समयमा सबैको जोड बलले कृषिलाई पुरानो अवस्थामा फर्काउन सकिन्छ ।’

भरतपुर भ्रमण वर्ष–२०२४ लाई सहयोग पु¥याउने गरी भरतपुरमा महाधिवेशन गरी यहाँको पर्यटनमा सहयोग पु¥याउनु भएको प्रति आयोजक कमिटीलाई उनले आभार प्रकट गरिन् । उनले भरतपुर भ्रमण वर्ष–२०२४ सडकहरु निर्माणधीन रहेकाले केही समयपछि धकालिएको भए पनि पूर्वनिधारित तालिकाअनुसार अघि बढेको जानकारी दिइन् ।

भरतपुर दूधमा आत्मनिर्भर, पोल्ट्रीको राजधानी र देशमा सबैभन्दा धेरै दूधमा अनुदान दिने पहिलो पालिका रहेको सो अवसरमा जानकारी दिइन् । मेयर दाहालले दूधमा प्रति लिटर ३ रुपैयाँ अनुदान दिँदा अहिलेसम्म महानगरपालिकाले १५ करोड रुपैयाँ दुग्ध कृषकलाई उपलब्ध गराएको जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाले कृषि क्षेत्रमा राम्रै फड्को मारेको भए पनि यो अझै पर्याप्त नभएको उनको भनाइ छ । महाधिवेशमा देशभरका करिब दुई हजार पशुपन्छी औषधि व्यवसायीहरुको सहभागिता रहेको छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने आयोजकले जनाएको छ । मंगलबार खुल्ला सत्र सकिएको छ भने भोलि बन्द सत्रसँगै नयाँ कार्यसमिति चयन गर्ने तालिका रहेको आयोजकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>