समाचार

डा.गोविन्द केसी माइतीघरबाट पक्राउ

०
Banner

काठमाडौं, पुस २४-

माइतीघर मण्डलमा प्रदर्शन गरेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको हो। केसी सहित पवन थापा लगायत युवा अभियन्ताहरु प्रहरी नियन्त्रणमा छन् ।

उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डा.केसीले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्‍याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग अघि सारेका छन् ।

केसीले माइतीघरमा निषेधाज्ञा लगाएर प्रधानमन्त्री प्रचण्ड लगायत सत्ता गठबन्धनले मानव अधिकारको ठाडो उल्लंघन गरी लोकतन्त्र र देशको संवैधानिक व्यवस्थाको खिल्ली उडाई रहेको भन्दै आपत्ति जनाएका छन् ।

उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा लैजान माग गरेका छन् । चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति सर्वोच्च अदालत वाट रोकिएकाले तत्काल अदालतले वाटो खोली नियुक्ति अघि बढाउन केसीको माग छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>