अर्थ

बैंकहरूमा थुप्रिएको पैसा व्यवस्थापन गर्नै कठिन

०
Banner

काठमाडौं, पुस २४-

बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस भएको छ।

यही कारण राष्ट्र बैंकले लिएको नीतिगत लक्ष्य समेत पूरा हुन सकिरहेको छैन। बैंकहरूले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिने लक्ष्य राष्ट्र बैंकको छ।

मंसिर २२ गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो लक्ष्य लिएको थियो।

गत साउन ८ गते राष्ट्र बैंकले अन्तरबैंक सापटीको दर ४.५ प्रतिशत तोकेको थियो। तर गत मंसिर २२ मा परिमार्जन गर्दै यो दर ३ प्रतिशतमा झारेको थियो।

मंसिर २२ गतेअघि अन्तरबैंक ब्याजदर लक्ष्य नजिक नहुँदा पनि राष्ट्र बैंकले पर्याप्त दरमा तरलता खिचेको थिएन। अहिले भने राष्ट्र बैंकले नियमित रूपमा तरलता खिचिरहेको छ।

तर बैंकहरूको कर्जा लगानी नबढ्दा यो प्रयास पर्याप्त हुन सकेको छैन। मंसिर २२ यता दुईपटक अन्तरबैंक ब्याजदर ३ प्रतिशतमाथि आएकामा त्यसपछि पुनः घटेको छ।

गत पुस १७ गते मंगलबार र १८ गते बुधबार यो दर ३ प्रतिशत माथि पुगेको थियो। राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत पुस २० गते शुक्रबार यो दर घटेर २.८२ विन्दुमा आइपुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>