समाचार

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारविरुद्ध आज दाबी विरोध र उजुरी दिन सकिने

०
Banner

काठमाडौंं, पुस २४-

राष्ट्रियसभा सदस्य निर्वाचनमा हिजो उम्मेदवारी दर्ता गरेका उम्मेदवार विरुद्ध आज दाबीविरोध र उजुरी दिने समय तोकिएको छ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ। २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए।

माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ। राष्ट्रियसभामा ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>