राजनीति

राजनीतिक दलको सदस्यता लिएकाले त्रिविको उपकूलपतिका लागि आवेदन दिन नपाउने

Banner

काठमाडौँ,पुस २३-

कुनै पनि राजनीतिक दलको सदस्यता लिएको व्यक्तिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन नपाउने भएको छ । त्रिविको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० अनुसार उपकुलपतिको आवेदन दिन कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने व्यवस्था रहेको छ ।

उपकुलपति सिफारिस समितिले सोमबारदेखि १५ दिनको म्याद दिँदै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ । जसमा आवश्यक न्यूनतम योग्यतामा दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

उपकुलपतिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, प्रचलित कानुन बमोजिम स्थापित विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई सो पदको अनुभव हासिल गरेको, प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको, त्रिविसँग कुनै स्वार्थ नबाझिएको र नेपाली नागरिक हुनुपर्नेछ ।

सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र, त्रिविसँग कुनै स्वार्थ नबाझिएको ब्यहोरा खुलेको स्वःघोषणा पत्र समेत समावेश गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>