Breaking News

उवासंघ चितवनको वरिष्ठ उपाध्यक्षमा सुवेदी निर्वाचित, यी हुन् निर्वाचित सदस्य

Banner

चितवन, पुस २४-

उद्योग वाणिज्य संघ चितवनको २०८०–८२ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा संस्थापन प्यानलतर्फका चिरञ्जीवी सुवेदी निर्वाचित भएका छन् । सुवेदीले १२ सय २२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राजन पियाले ११ सय ११ मत प्राप्त गरे ।

५७औँ साधारण सभा तथा अधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ । संंघको कार्यसमिति सदस्यहरुको लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ भने उपाध्यक्षतर्फको मतगणना भइरहेको छ ।

संघको कार्यसमिति सदस्य (महिलातर्फ) अस्मिता तिमिल्सिना निर्वाचित भएकी छन् । तिमिल्सिनाले एक हजार ४०३ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी योगिता पियाले ९४७ मत मात्र पाइन् ।

कार्यसमिति सदस्य (वाणिज्यतर्फ) ६ जना सदस्यहरु निर्वाचित भएका छन् । प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठका अनुसार वाणिज्यतर्फ गुणराज पौडेल सर्वाधिक मतका साथ विजयी भएका हुन् ।

जम्मा खसेको मत २४ सय १४ मध्ये पौडेलले सर्वाधिक १९ सय ६१ ल्याएका छन् । त्यस्तै श्रीकृष्ण लम्साल १८ सय ८३ मतका साथ दोस्रो स्थानमा विजयी भए । त्यस्तै दीपा शाही (१८४१ मत), सन्तोषजनक भुसाल (१७८२), दाताराम घिमिरे (१७३४ मत) र सुनिता लिगल कर्माचार्य (१७२१ मत) का साथ विजयी भएका छन् । सात जना उम्मेदवार मध्ये कृष्णबहादुर केसी पराजित भए । उनले १५१६ मत मात्रै ल्याए । विजयी मध्ये घिमिरेले कुनै पनि प्यानलमा नपरी जितेका हुन् ।

कार्यसमिति सदस्य (उद्योगतर्फ) इमान्दु बराल (१३९० मत), अशोक श्रेष्ठ (१३२१ मत), पूर्णिमा जोशी श्रेष्ठ (१२६७० मत), धनप्रसाद पोखरेल (१२३९ मत), उपेन्द्र पण्डित (१२३१) मत र शंकर अधिकारी (११९०) मत सहित विजयी भएका छन् ।

विजयी भएका अशोक श्रेष्ठ, उपेन्द्र पण्डित र शंकर अधिकारी प्यानल बाहिरबाट उमेदवारी दिएर विजयी भएका उम्मेदवारहरु हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>