Breaking News

नेपालमा पनि भेटियो कोरोनाको नयाँ सब भेरियन्ट, सचेत रहन आग्रह

Banner

काठमाडौं,पुस २३-

नेपालमा पहिलोपटक कोरोनाको नयाँ सब भेरियन्ट जेएन १ भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत नेपालमा पहिलोपटक सातजनामा जेएन १ को संक्रमण भेटिएको जनाएको हो । देशका विभिन्न भागका फरकफरक उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्विन्सिङका क्रममा सात जनामा नयाँ सब भेरियन्ट पाइएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जनाएका छन् ।

संक्रमणको फैलावट रोकथामका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ । यसअघि जेएन.१ विश्वका विभिन्न देशमा देखिइसकेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>