खेलकुद

भरतपुरको एसओएस बालग्राममा वार्षिक खेलकुद सप्ताह सुरु

Banner

चितवन, पुस २३-

भरतपुर महानगरपालिका–८ मा रहेको एसओएस बालग्राममा वार्षिक खेलकुद सप्ताह सुरु भएको छ ।

भरतपुरका उपमेयर चित्रसेन अधिकारीले गोल पोष्टमा गोल हानेर खेलकुद सप्ताहको उद्घाटन गरेका हुन् ।

महानगर उपमेयर अधिकारीले खेलकुद मानव जीवनको एक अभिन्न अंग भएको बताए । साथै उनले खेलकुदलाई एक महत्वपूर्ण विषयको रुपमा पाठ्यक्रममा नै समावेश गर्नुपर्ने विचार राखे । खेलकुद र अध्ययन एक अर्काका परिपुरक हुन् उपमेयरले भने, ‘ खेल क्षेत्र बिनाको अध्ययन अपूर्ण र अधुरो रहन्छ ।’

वर्तमान समयमा शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापको पनि आबश्यकता रहेको उल्लेख गर्दे उनले महानरको शुक्रबारीय क्रियाकलापअन्तर्गतको ब्यबहारिक शिक्षालाई आआफ्नो विद्यालयमा लागू गर्न सबै बिद्यालयलाई आग्रहसमेत गरे । उनले महानगरपालिका एक वडा एक खेल मैदानको अवधारणामा गएको पनि बताए । विकासका चरणसँगै महानगरपालिकाले खेलकुदको क्षेत्रमा पनि कायापलट हुने गरी विकास गर्न चाहेको छ उपमेयरले भने, ‘सडक,शिक्षा,खानेपानी,सञ्चार,खेल,पर्यटन,स्वास्थ्य लगायतका क्षेत्रहरुको विकास तीब्र गतिमा हुन्छ भने भरतपुरमा मात्रै हुन्छ ।’ कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ८ का अध्यक्ष जिवनाथ कँडेल, शिक्षक अभिभावक सघका अध्यक्ष नारायणप्रसाद न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>