अपराध

भरतपुरको लाइफकेयर पुर्नस्थापना केन्द्रभित्र एक जनाको मृत्यु, कुटपिट गरिएको परिवारको आरोप

Banner

चितवन, पुस २३-

भरतपुर महानगरपालिका–५ नारायणपुरमा रहेको लाइफ केयर पुर्नस्थापना केन्द्रभित्र एक जनाको मृत्यु भएको छ । केन्द्रमा चारदिन अघि ल्याइएका खैरहनी नगरपालिका–८ का ५८ वर्षीय चित्रबहादुर थापाको पुस २१ गते मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार केन्द्रमा अचानक ढलेर उनको मृत्यु भएको हो । उनले शबको पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको उनले बताए । तर, परिवारस्रोतले भने पुर्नस्थापना केन्द्रभित्र हात बाँधेर कुटपिट गर्दा उनको निधन भएको आरोप लगाएको छ । मृतकका भाई सोमबहादुर थापाले घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयमा दुईतर्फी छलफल भइरहेको बताए ।

तर, प्रहरी नायब निरीक्षक भण्डारीले भने उनीमाथि कुटपिट भएको भन्ने कुनै आधार नभएको भन्दै सुधार केन्द्रभित्र जान नपाएर परिवारले आरोप लगाएको नारायाणी अनलाइनलाई बताए । उनले भने, ‘हामीले सीसीटीभी फुटेज हेर्दा त्यस्तो केही देखिएन । ’ धेरै रक्सी सेवन गर्ने भएकोले परिवारले उनलाई पुस १७ गते पुर्नस्थापना केन्द्रमा ल्याएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>