देश/प्रदेश

बागमती प्रदेश सरकारले सुत्केरीलाई निःशुल्क हवाई उद्धार सेवादिने कार्यविधि पारित

Banner

हेटौंडा, पुस २३-

बागमती प्रदेश सरकारले सुत्केरीलाई निःशुल्क हवाई उद्धार सेवा दिने भएको छ ।

बागमती प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव भएको गर्भवती तथा सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवा.सम्बन्धी कार्यविधि–२०८० पारित गरेको स्वास्थ्यमन्त्री उत्तम जोशीले बताए । बैठकले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि दोस्रो संशोधन–२०८० र दुर्गम क्षेत्र विशेषज्ञ प्रोत्साहन तथा विस्तारित अस्पताल सेवासम्बन्धी कार्यविधि–२०८० स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् आन्तरिक मामिला तथा कानुनमन्त्रालयले प्रस्ताव गरेको ५ वटा प्रस्ताव बैठकले पारित गरेको छ । भौतिक संरचनाको संरचनागत सुधारको खर्च अख्तियारी प्रदान गर्ने, जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा बितरण कार्यविधि–२०८०, मौलिक चलचित्र निर्माण तथा प्रवद्र्धनमा सहयोग कार्यक्रम सञ्चालन कार्यविधि–२०८०, द्वन्द्वपीडितका लागि सवलीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०, प्रदेश सभा सदस्य गीता गुरुङको हेयरिङ मेसिन खरिद गर्ने निर्णय भएको हो ।

यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रस्ताव गरेको एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८० स्वीकृत गर्ने निर्णय गरेको छ । संस्कृति पर्यटन तथा सहकारी विकास मन्त्रालयले बैठकमा प्रस्ताव गरेको समस्याग्रस्त सहकारीको व्यवस्थापन समिति गठन तथा सो समितिको सेवा सुविधा तथा शर्तसम्बन्धी व्यवस्थासम्बन्धी प्रस्ताव पारित भएको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>