कर्पोरेट

चितवनको नारायणी डेभलपमेन्ट बैंकलाई धितोपत्र बोर्डले हकप्रद निष्कासनका लागि दियो स्वीकृति

Banner

चितवन, पुस २२-

चितवनको रत्ननगरमा मुख्यालय रहेको नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ ।

बैँकले पुस १९ गते बोर्डबाट हकप्रद निष्कासनका लागि स्वीकृति पाएको हो ।

योसँगै बैँकले छिट्टै २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । बैंकले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको हो ।

प्रति कित्ता १०० रुपैयाँका दरले सो हकप्रद सेयरको निष्कासन तथा बिक्री गरिने छ । बैँकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रद निष्कासनका लागि बैंकले २०७९ भदौ ९ गते बोर्डमा निवेदन दिएको थियो । केही वर्षअघि समस्याग्रस्त भएको बैँक अहिले लयमा फर्किएको छ । बैँकको सीईओमा चितवनमा बैँकिङ क्षेत्रमा लामो अनुभव समेटेका पुराना बैँकर विष्णु रेग्मी नियुक्त भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>