समाज

२५ हजार घुस लिएको आरोपमा चन्द्रागिरिका इन्जिनियर पन्तविरूद्ध भ्रष्टाचारको मुद्दा

०
Banner

काठमाडौं, पुस २२-

चन्द्रागिरि नगरपालिका वडा नं. १४ को कार्यालय नयाँ नैकापमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्तविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार पन्तविरूद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

उनले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त सूचना पाएपछि खटिएको टोलीले उनलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

उनले घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले आइतबार मुद्दा दायर गरेको हो। अख्तियारले २५ हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार तीन महिना कैद र जरिवाना मागदाबी गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>