अन्तर्राष्ट्रिय
भारतले कहिले लञ्च गर्दै छ गगनयान ?

नयाँ दिल्ली, पुस २२-
भारतले अन्तरिक्षमा मानवलाई पठाउँदै छ । गगनयान नाम दिइएको यो मिसन २०२५ को पहिलो अर्धवार्षिक अवधिमा लञ्च गरिने आशा गरिएको छ । भारतको केन्द्रीय विज्ञान तथा प्रौद्योगिक राज्यमन्त्री जितेन्द्र सिंहले यस्तो बताएका हुन् ।
यो मिशनलाई भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा लञ्च गर्ने योजना थियो । भारतले सन् २०२० को डिसेम्बरमा गगनयान लञ्च गर्ने योजना बनाएको थियो । भएको तर कोरोना भाइरसको महामारीका कारण मिसन बारम्बार पछाडि धकेलिएको समाचार एजेन्सी पीटीआईसँग कुराकानी गर्ने क्रममा उनले भनेका थिए ।
आदित्य एलवन योजना अनुरूप लंगरेञ्ज प्वाइन्टमा पुगेको छ । अब इसरोले आफ्नो सारा ध्यान गगनयानमा लगाउने इसरोका प्रमुख सोमनाथ बताएका थिए । भारतले गएको वर्ष चन्द्रमामा चन्द्रयान पठाएको थियो । चन्द्रयानलाई सिंहले निकै ठुलो उपलब्धि बताएका छन् । सन् १९६९ मा अमेरिकाले चन्द्रामामा मान्छे पठाउँदा भारतको अन्तरिक्ष अन्वेषण संस्था इसरो भर्खरै स्थापना भएको थियो । १९६९ को इतिहास हेर्ने हो भने इसरोको नाम कतै पनि सुनिदैंन । तर अहिले त्यही इसरोले भारतलाई चन्द्रमाको दक्षिणी धुव्रमा पहिलो देश बनाइदिएको सिंहले बताएका छन् ।























