चितवन विशेष

भरतपुरकी पूर्व उपमेयर पार्वती शाह ठकुरीको नेतृत्वमा भोलि चितवनमा एक घण्टा चक्का जाम हुने

Banner

चितवन, पुस २१-

भोलि चितवनमा एक घण्टा चक्काजाम हुने भएको छ ।

नेपाल महिला संघ चितवनले काठमाडौँको बालकुमारी र सर्लाहीमा भएको गोली काण्डको बिरोधमा चक्काजाम गर्न लागेको हो ।

महिला संघ चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको कार्यक्रमको घोषणा गरेको छ । रोजगारीको शिलशिलामा विदेश जान लागेका युवालाई गोली चलाएर हत्या गर्नु राज्यको पराकाष्ठ भएको भन्दै यसको विरोधमा कार्यक्रम गर्न लागिएको संघकी अध्यक्ष पार्वती शाह ठकुरीले बताइन् । ठकुरी भरतपुर महानगरपालिकाको पूर्वउपमेयर पनि हुन् ।

देशमा रोजगारीको सृजना गर्नुपर्ने समयमा वैदेशिक रोजगारीमा जान खोज्दा समेत हत्या गरिनु दुःखद् रहेको अध्यक्ष ठकुरीले बताइन् । चक्काजामको समयमा अत्यावश्यक बाहेक अन्य सवारीसाधन पूर्णरुपमा बन्द रहने उनले पत्रकार सम्मेलनमा जानकारी दिइन् । यस कार्यक्रममा नेपाल तरुणदल, नेविसंघ, किसान संघ लगायतको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जनताका आवाजलाई राज्यले दबाउन खोजेको नेपाली कांग्रेस चितवनका सचिब ध्रुव पोख्रेलले बताए । जनताको पीडा र दुःखसुखमा साथ कांग्रेसको रहने उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>