देश/प्रदेश

गठबन्धनमा माधव नेपालले मागे राष्ट्रियसभा अध्यक्षसहित ५ सीट

Banner

काठमाडौँ, पुस २१-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा राष्ट्रिय सभाका ५ सीट र अध्यक्ष मागेका छन् ।

गठबन्धनको शनिबारको बैठकमा नेपालले राष्ट्रिय सभा अध्यक्षसहित ५ सीट माग गरेका हुन् ।

नेकपा एसको सचिवालय बैठकमा समेत यसबारेमा ब्रिफिङ भएको छ । गठबन्धनभित्र राष्ट्रिय सभाका २० सीटमध्ये कांग्रेस १३ र माओवादी केन्द्रले ७ सीटमा दाबी गरेको छ । नेकपा एसका नेताहरूले ५ सीट भनेर ३ सीटमा सम्झौता गर्न सकिने बताएका छन् । अध्यक्षको अडान भने नछाड्न दबाब छ । कांग्रेसले राष्ट्रपति र माओवादीले प्रधानमन्त्री पाएकाले अध्यक्ष नेकपा एसले पाउनुपर्ने दाबी उसको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>