राजनीति

लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन: रवि लामिछानेले

Banner

काठमाडौँ, पुस २१-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताएका छन् । सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताएका हुन् ।

शुक्रवार सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट एक युवाको ज्यान गएको विषयमा आफ्नो भनाई सार्वजनिक गर्दै लामिछानेले विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जबाफदेही बनाउनुपर्ने बताएका छन् ।

ललितपुरको बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको लामिछानेले उल्लेख गरेका छन् । हेर्नुहोस् उनको स्टाटसः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>