राजनीति
राष्ट्रिय सभा चुनावमा एमालेलाई समेट्ने ढोका बन्द
०

काठमाडौैं, पुस २१-
सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई नसमेट्ने भएको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले एमालेलाई राष्ट्रिय सभाको निर्वाचनमा नसमेट्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।
गठबन्धनबीच भागबण्डा टुंग्याउनको लागि साँझ फेरि बैठक बस्नेछ । यसअघि प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेको थिए।
सोही अनुसार बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि शीर्ष नेताहरूले छलफल गरेका थिए । तर आज बसेको गठबन्धनको बैठकले एमालेलाई नसमेट्ने सहमति गरेसँगै ढोका बन्द भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























