काठमाडौँ

माइतिघरबाट डाक्टर गोविन्द केसीसहित ७ जना पक्राउ

०
Banner

काठमाडौं, पुस २१-

निषेधित क्षेत्र तोडेको भन्दै प्राध्यापक डाक्टर गोविन्द केसीसहित सात जना माइतीघर मण्डलबाट पक्राउ परेका छन् । विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

माइतीघर मण्डल हाल निधेषित क्षेत्र हो । तर, केसीले नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधानले प्रदत्त अधिकार फिर्ता गर्नु पर्ने भन्दै प्रदर्शनमा उत्रिए ।

उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने, चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउनुपर्ने माग राखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>