अन्तर्राष्ट्रिय
गाजामा ज्यान गुमाउने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६ सय पुग्यो
०

गाजा, पुस २१-
लडाकु समूह हमाससँगको लडाइँमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा ज्यान गुमाउने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६ सय पुगेको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हमास र इजरायलबीच लडाइँ शुरु भएदेखि हिजोसम्म २२ हजार ६ सयको सङ्ख्यामा प्यालेस्टाइनीले ज्यान गुमाएका छन् ।
इजरायली सेनाले पछिल्लो २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ । यी आक्रमणमा एक सय ६२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, दुई सय ९६ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गएको अक्टोबर ७ तारिखमा हमाले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसपछि इजरायलले हमासविरुद्ध कारबाही थालेको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























