स्वास्थ्य

सेवा विस्तारमा फड्को मार्दै सेती अस्पताल

Banner

अत्तरिया, पुस २०-

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा फड्को मार्न थालेको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको अस्पतालले पछिल्लो समय सेवा विस्तारसँगै सेवा प्रवाहमा सुधार ल्याएको हो ।

देश सङ्घीयतामा गएसँगै अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको यस अस्पतालले विभिन्न उपकरण थपेको छ । सरकारी अस्पतालमा सिटीस्क्यान मेसिन नहुँदा बिरामीले निजी अस्पतालमा चर्को शुल्क तिरेर सिटीस्क्यान गर्नुपर्ने बाध्यता थियो । अस्पतालले सिटीस्क्यान मेसिन खरिद गरेर गत वर्षदेखि सेवा सुरु गरेसँगै चर्को शुल्क तिरेर निजी अस्पतालमा सिटीस्क्यान गर्नुपर्ने बिरामीको बाध्यता हटेको छ ।

“हामीले गत वर्षदेखि सिटीस्क्यान सेवा सुरु गरेका हौँ”, सेती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले भन्नुभयो, “यसबाट धेरै बिरामी लाभान्वित भएका छन् । शुल्क पनि बाहिरभन्दा यहाँ ३० देखि ४० प्रतिशत कम छ ।” सिटीस्क्यानका लागि दैनिक २० देखि २५ जना बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

हालै मात्रै अस्पतालले एमआरआई मेसिन खरिद गरेर ल्याएको छ । यसअघि एमआरआई सेवा नहुँदा यस क्षेत्रका बिरामीले समस्या भोग्दै आएका थिए । “एमआरआई मेसिन आइसकेको छ । यो सिटीस्क्यानभन्दा परिस्कृत मेसिन हो”, डा कमरले भन्नुभयो, “जडान हुँदैछ, केही हप्तामा सेवा सुरु हुन्छ ।”

यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउकोलगायत शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । अस्पतालमा २० शय्याको डायलासिस सेवा पनि सञ्चालनमा छ । विगतमा १५ शय्याबाट सेवा दिँदै आएकामा हाल विस्तार गरेर २० शय्या पु¥याइएको डा कमरले बताउनुभयो । उहाँले भन्नुभयो, “डायलासिसका लागि शय्या पनि बढाएका छौँ । दैनिक ४० देखि ५० जना बिरामीले सेवा लिनुहुन्छ । सरकारले तोकेका व्यक्तिले यो सेवा निःशुल्क पाउनुहुन्छ ।”

सरकारीतर्फ ५० र विकास समितितर्फ ७५ गरी एक सय २५ शय्याको स्वीकृति रहेको अस्पतालमा हाल तीन सय शय्या सञ्चालनमा छ । निमित्त सुपरिटेन्डेन्ट डा कमरले भन्नुभयो, “एक सय २५ शय्याको स्वीकृति भए पनि बिरामीको चापलाई मध्यनजर गर्दै तीन सय शय्या सञ्चालन गरिहेका छौँ ।”

सेवा विस्तारसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लगिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरेका छौँ । भीडभाड कम गर्न टिकट काउन्टर व्यवस्थितसँगै विस्तार गरिएको छ । शल्यक्रिया कक्ष थपेका छौँ । जनशक्ति व्यवस्थापन गरिएको छ । ल्याबलाई व्यवस्थित बनाइएको छ ।”

“अल्ट्रासाउण्ड गर्न दुई/तीन दिन कुर्नुपर्ने अवस्था थियो अहिले छैन”, उहाँले भन्नुभयो, “सिटीस्क्यानको रिपोर्टका लागि चार÷पाँच दिन कुर्नुपर्ने अवस्था थियो । अहिले समयमै हुन्छ । आकस्मिक सेवाको चापलाई कम गर्न १५ शय्याको ‘अब्जरभेशन वार्ड’ बनाएका छौँ ।”

आगोले जलेको उपचार गर्न चार शय्याको ‘बर्न वार्ड’ पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ । क्यान्सर र मानसिक रोगसम्बन्धी उपचार सेवा थप्ने योजनामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले बताउनुभयो । उहाँले भन्नुभयो, “थप सेवा विस्तार गर्ने योजनामा छौँ । हामी कहाँ क्यान्सर र मानसिक रोगसम्बन्धी उपचार छैन । यसका लागि पहलमा लागेका छौँ । स्वास्थ्य शैक्षिक कार्यक्रम चलाउने योजना छ । जसमा पिसियल लेवल रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>