राजनीति

भारतीय दूतावासलाई सिधै २० करोड खर्च गर्न दिने सम्झौता देश हित विपरीत: सांसद पन्त

Banner

काठमाडौँ, पुस २०-

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय दूतावासलाई सिधै २० करोड खर्च गर्न दिने सम्झौता देश हित विपरीत भएको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भारतीय दूतावासलाई सिधै २० करोड खर्च गर्न दिने सम्झौता देश हित विपरीत भएको बताएका हुन् ।

सांसद पन्तले यो सम्झौताले नेपालको स्वतन्त्रता, आर्थिक सम्पन्नतालाई अवरोध गर्ने दाबी गरे ।

उनले सम्झौताले अनावश्यक र अवाञ्छित राजनीतिक प्रभाव, व्यवहार र हस्तक्षेपलाई प्रवेश गर्ने मौका दिने बताए । उनले सम्झौताले आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई प्रवेश दिने भन्दै सम्झौतामा पुनः विचार गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे ।

उनले भने, ‘हामीले भारतको मात्रै लगानी हुने कुरालाई स्विकार्न हुँदैन । चीन, अमेरिका, बंगलादेश लगायतका धेरै देशहरू छन्, उनीहरूलाई पनि लगानीका लागि आग्रह गरेका छौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>