देश/प्रदेश

इन्स्पेक्टरदेखि भान्सेसम्म सशस्त्र प्रहरीले खुलायो २ सय ८८ जनाको लागि आवेदन

Banner

काठमाडौँ, पुस २०-

सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित २ सय ८८ जनाको आवेदन माग गरेको छ । ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक, ६५ जना भान्से, १० जना कूचीकारलगायतमा सशस्त्र प्रहरीले आवेदन माग गरेको हो ।

प्रहरी निरीक्षकका लागि २१ वर्ष पूरा भइ २५ वर्ष ननाघेका र सहायक निरीक्षकका लागि २१ वर्ष पूरा भइ २३ वर्ष ननाघेकाले आउँदो माघ २१ गतेसम्म नियमित र दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन भर्न सकिने छन् ।

उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area