माैसम
आज राति कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं,असोज २७-
हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।
देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकोछ ।
यस्तै आज राती कर्णाली र सूदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा थोरै स्थानमा मध्यम सम्मको र एक–दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू–भागमा एक–दुई स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ ।























