देश/प्रदेश

भारतीय विदेशमन्त्रीसँग चिनियाँ टोलीबारे कुरा भएन: प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौं, पुस २०-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको विषयमा कुरा नभएको बताएका छन् । भारतीय विदेशमन्त्रीले पनि त्यसबारे नसोधेको र आफूले पनि जवाफ दिनु नपरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

यसअघि जयशंकर नेतृत्वको भारतीय प्रतिनिधिमण्डलले आफूहरु काठमाडौं आएकै दिन चिनियाँ कम्युनिष्ट पार्टीको टोलीलाई पनि बोलाएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग विरोध जनाएको समाचार सार्वजनिक भएका थिए । त्यस विषयमा शुक्रबारको राज्य व्यवस्था समितिको बैठकमा पनि नेकपा एमालेले जिज्ञासा राखेको थियो । समितिको बैठकमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय टोलीसँग चिनियाँ टोलीको विषयमा कुरै नभएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>