देश/प्रदेश
जयशंकरले गरे पशुपतिनाथको दर्शन, परिसरमा वृक्षारोपण
०

काठमाडौँ, पुस २०–
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले आज भगवान् पशुपतिनाथको दर्शन गरेका छन् । सो क्रममा उनले पशुपतिनाथ परिसरमा वृक्षारोपण समेत गरे ।
हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले उच्च राजनीतिक भेट गरेका थिए ।
जयशंकर आज स्वदेश फर्किँदै छन् । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























