खैरहनी

खैरहनीमा ४८३ महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण

Banner

चितवन, पुस २०-

खैरहनी नगरपालिकामा ४८३ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । खैरहनीको विभिन्न ४ स्थानमा सञ्चालन भएको शिविरमा ४८३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या लगातय प्रजनन स्वास्थ्य सम्बन्धि परीक्षण गरिएको हो ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा ४ दिनसम्म खैरहनीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गरेकामध्ये ३ जनामा पाठेघरको मुखको क्यान्सर र २ जनामा स्तन क्यान्सरको आशंका गरिएको खैरहनी नगरपालिकाकी अस्पताल नर्सिङ निरिक्षक तथा स्वास्थ्य शिविरको फोकल पर्सन विनिता पौडेलले जानकारी दिइन् ।

शंकास्पद क्यान्सर देखिएकाहरुलाई थप परिक्षणको लागि विपी कोइराला क्यान्सर अस्पताल रिफर गरिएको पौडेलले बताइन् । त्यस्तै शिविरमा २ जनामा आङ खस्ने देखिएको र उनीहरुमा रिङ पेसरी राखेर समस्या व्यवस्थापन गरिएको छ ।

परीक्षणको क्रममा पछि गएर पाठेघरको मुखको क्यान्सर हुन सक्ने भाइरस देखिएको (भिआए परिक्षण पोजेटिभ) ४ जनामध्ये १ जनालाई थर्मोकोअगुलेसन प्रविधिबाट सेक्ने काम भएको उनले बताइन् । खैरहनी नगरपालिकाले चैनपुर स्वास्थ्य चौकी, कठार स्वास्थ्य चौकी, कुमरोज स्वास्थ्य चौकी र खैरहनी ९ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>