पत्रपत्रिका

जुन गाउँमा पुरुष भेट्नै गाह्रो छ !

०
Banner

दैलेख, पुस २०-

गाउँघरमै रोजगारीका अवसर नहुँदा अधिकांश पुरुष परिवार पाल्न मुग्लान जानुपर्ने बाध्यता आइलागेपछि दैलेखका गाउँघर पुरुषविहीन बनेका छन् ।

चुनावताका नेताले गाउँमै बेरोजगारीलाई रोजगार दिने आश्वासन दिएर ‘भोट फकाउने’ माध्यम मात्र बनेको छ । तीनै तहका सरकारले बेरोजगारीलाई दिने रोजगारको आश्वासन विपन्न परिवारका लागि नभएर पहुँचवालाकै हालीमुहाली छ ।

गाउँमा भनेजसो रोजगारी नपाउँदा बेरोजगार पुरुष पराइ देश जान बाध्य छन् । नागरिकको सबैभन्दा नजिकको स्थानीय सरकारसँगै बेरोजगारलाई गाउँमै रोक्ने योजना छैन । सोही कारण दैलेख जिल्लाका अधिकांश गाउँपालिका पुरुषविहीन बनेका छन् ।

गाउँमा रोजगारी अवसर नहुँदा ती गाउँका पुरुष गाउँमै बालबच्चा छोडेर मुग्लान लागेका छन् । जीवनयापनका लागि मुग्लान हानिएका बेरोजगार कोही ६ महिना मुग्लानमै बिताइ जहान परिवारलाई जिउ ढाक्ने एकसरो कपडा र केही रकम लिएर गाउँ फर्किन्छन् ।

ज्येष्ठ नागरिक, बालबालिका र महिला मात्र गाउँमा भेटिने गरेका छन् । सुदूर र कर्णाली प्रदेशका पालिकामा नागरिकको नियति यस्तै बनेको छ ।

गाउँमा कलकारखाना उद्योगधन्दा नहुँदा बाध्य भएर मुग्लान जानुपरेको भैरवी गाउँपालिका–७ का डब्बलबहादुर मल्ल बताउँछन् । ‘गाउँमा कतै उद्योगधन्दा छैनन्, जहान परिवार पाल्न भारत जानैप(यो । ‘गाउँ सरकारले सडक निर्माणमा डोजर प्रयोग गर्छन्,’ उनी भन्छन्, ‘हाम्रो रोजगारी डोजरले खोसिदिएकाले मुग्लान जान सरकारले नै बाध्य बनाएको हो ।’ यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>